कैलाली ४ बाट कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाडौं । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । २०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा (एमाले)का प्रेमबहादुरआलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *