जर्मनीमाथि जापानको ऐतिहासिक जित

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै एसियन राष्ट्र जापानले शानदार सुरुवात गरेको छ। बुधबार बेलुकी भएको खेलमा जर्मनी एसियन पावर हाउस जापानसँग पहिलो पटक पराजित हुँदा जापानले ऐतिहासिक जित दर्ता गरेको हो।

जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो। जापानले पुनरागमन जित निकालेको हो। जर्मनीले खेलको ३३ औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दा दुवै गोल दोस्रो हाफमा गरेको हो। २०१८ को विश्वकपमा जापान अन्तिम १६ सम्म पुग्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे। खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए।

पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्। खेलको ७५ औँ मिनेटमा परिवर्तित खेलाडी रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। किपरले पन्च गर्दै बचाएको रिबाउण्ड बललाई उनले पोष्टको जाली चुमाएका थिए।

डोङ ७१ औँ मिनेटमा एओ तनाकाको स्थानमा मैदान छिरेका थिए। खेलको ८३ औँ मिनेटमा ताकुमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा जापानले इतिहास रच्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *