धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी

मलेखु । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा (१)मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा। रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लम्साल विजयी भएका हुन्। अधिकारीलाई भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।

यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाउनु भएको थियो । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

यस प्रदेश सभामा उम्मेद्वार रहेका मङ्गोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *