राजनीतिक संस्कारलाई स्थापित गर्नु मेरो पहिलो प्राथमिकता : सिके राउत

जनकपुरधाम । प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले राजनीतिक संस्कारलाई स्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि पत्रकारसँग कुराका गर्दै उनले विद्धानको रूपमा चिनिएको सप्तरीमा पछिल्लो समय राजनीतिक संस्कारको कमी भएको भन्दै उनले राजनीतिक संस्कारलाई स्थापित गर्ने बताए ।

अध्यक्ष राउतले ५ वर्षमा सप्तरीलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर सृजना गर्दै किसानको समस्या समाधान गर्न आफू तत्पर रहेको बताए ।

अध्यक्ष राउत जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गर्दै विजयी भएका छन् । राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा यादवले १६ हजार ९७९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *