मुख्यमन्त्रीको चर्चामा रहेका कोईरालालाई पराजित गर्दै तामाङ निर्वाचित

विराटनगर । नेकपा एमालेबाट मुख्यमन्त्रीको चर्चा भएका मध्येका एक रबिन कोईराला पराजित भएका छन् ।

मुख्यमन्त्रीमा नेकपा एमालेबाट हिकमतकुमार कार्की, जीवन घिमिरे र कोइरालाको चर्चा थियो । झापा क्षेत्र नम्बर १(१) बाट उम्मेदवार बनेका कोईराला नेपाली काँग्रेसका गोपाल तामाङसँग पराजित भएका हुन् ।

तामाङले २३०४५ मत ल्याउँदा कोईराला १८६५७ मत मा सीमित हुन पुगे । हिकमत कार्की र जीवन घिमिरेको अझै परिणाम आउन बाँकी छ ।

कार्की झापा क्षेत्र नम्बर ५ (१) बाट नेपाली काँग्रेसका जीवन कुमार राईलाई पछि पार्दै अग्रता कायम राखेका छन् । कार्कीले ८६६७ मत ल्याउँदा राई ७६३६ मतले पछ्याउँदै छन् ।

मोरङ ४(ख) बाट उम्मेदवार बनेका जीवन घिमिरेको भने मत गणना सुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *