कतार विश्वकपमा आज चार खेल हुँदै (तालिकासहित)

काठमाडौँ । फिफा विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् ।

कतारको अल बायत रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘एफ’ मा रहेको साविक उपविजेता क्रोएसियाले मोरक्कोको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘ई’ को जर्मनीले जापानविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

राति ९ः४५ बजेदेखि अल थुमामा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ई’ मा रहेको स्पेनले कोस्टा रिकाविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे बेल्जियमलाई क्यानडाले चुनौती प्रस्तुत गर्दै छ । यो खेल अहमेद बिन अली रंगशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *