गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

काठमाडाैँ । गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप आज बिहान कुढडाडाँमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते प्रहरीले जनाएको छ ।

राति करिब बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा सत्यवती– ३ का ३३ वर्षका कार्बाेलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते पाँच जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिइन् । दुर्घटनाको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहितको प्रहरीको टोली घटनास्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *