झापा-३ : पछि परे सिटौला, अघिअघि लिङ्देन

विराटनगर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । लिङ्देनले ३०५२ त ल्याउँदा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २२३१ मत ल्याएर पछ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २२१ मत ल्याएका छन् ।

झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ। स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ३५३९ मत ल्याएका छन् । नेकपा एमालेका एलपि साँवा लिम्बुले ३०१५ मत पाउँदा नेपाली कांग्रेसका देउमान थेवेले १७६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । ओलीले ८९७८ मत ल्याउँदा नेपाली कांग्रेसका अगेन्द्र अधिकारीले ५४४८ मत ल्याएर ओलीलाई पछ्याई रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले १४८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *