झापा-१ मा ४ हजार बढी मतले विश्वप्रकाशको अग्रता

विराटनगर । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४२९९ मतले अग्रता लिएका छन् । शर्माले ११ हजार ३८५ प्राप्त गर्दा नेकपा एमालेका अग्नि प्रसाद खरेलले ७०८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले १९८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रको प्रदेशतर्फ पनि गठबन्धन अगाडी देखिएको छ।

झापा २ मा एमालेका देवराज घिमिरेले अग्रता कायम राखेका छन् । घिमिरेले २ हजार ७४९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २ हजार ५७६ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार हरिकुमार रानाले भने १ हजार ३८६ मत मात्रै ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *