कतार विश्वकपमा आज चार खेल हुँदै (तालिकासहित)

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप–२०२२ मा आज चार खेलहरू हुँदै छन् । विश्वकपमा आज समूह ‘सी’ का दुई र समूह ‘डी’ का दुई खेलहरू हुँदै छन् ।

कतारको लुसैल रंगशालामा हुने पहिलो खेलमा समूह ‘सी’ बाट अर्जेन्टिनालाई साउदी अरेबियाले चुनौती प्रस्तुत गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘डी’ का ट्युनिसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदै छ । एजुकेसन सिटी रंगशालामा हुने खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, तेस्रो खेलमा राति ९ः४५ बजे समूह ‘सी’ का मेक्सिको र पोल्यान्ड भिड्नेछन् । जुन रंगशाला ९७४ मा हुनेछ । रंगशाला ९७४ विश्वकपका लागि बनाइएको अस्थायी रंगशाला हो । यो रंगशालामा ९७४ वटा कन्टेनर प्रयोग गरिएकाले यसको नाम रंगशाला ९७४ राखिएको हो ।

यसैगरी राति १२ः४५ बजे चौथो खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । यो खेल अल जनौब रंगशालामा हुनेछ ।

प्रतिक्रिया

One thought on “कतार विश्वकपमा आज चार खेल हुँदै (तालिकासहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *