मोरङ अपडेट : एमाले २, कांग्रेस २, माओवादी र स्वतन्त्र १-१ ठाउँमा अगाडी

विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ। नेकपा एमालेका घनश्याम खतिवडाले १७०१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ११७० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६५६ मत ल्याएर पछि पछ्याउँदै छ । मोरङ क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता कायम राखेको छ। एमालेका ऋषिकेश पोखरेलले १९९५ मत ल्याउँदा नेपाली कांग्रेसका सुजाता कोइरालाले १५२० प्राप्त गर्दै पोखरेललाई पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले २२६ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा पनि मत गणना जारी रहेको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा अगाडी छन् । उनले १८८७ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकालले ८७८ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाकी रेखा थापाले ३८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनले अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले ५७९२ मत ल्याएर अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका विनोद ढकालले ४१४९ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । राप्रपाले ३२६ मत पाएका छन् । अहिले पनि मत गणना जारी रहेको छ ।

मोरङ क्षेत्र नम्बर ५ मा भने प्रतिस्पर्धा बढेको छ । प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार यो गेन्द्र मण्डलले ३६९३ मत ल्याएर अघि अघि छन् भने उनलाई जनता समाजवादी पार्टीका राजकुमार यादवले पछ्याएका छन् । यादवले ३२९४ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ३१२२ मत ल्याएर तेस्रो स्थानमा छन् । यो क्षेत्रमा जनमत पार्टीकाले ५८५ मत ल्याएर चौथो स्थानमा छ ।

मोरङ क्षेत्र नम्बर ६ मा डा शेखर कोइराला अगाडी छन् । नेपाली कांग्रेसका कोइरालाले १७७७ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले १६३२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१३ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *