बेलको गोलमा हारबाट जोगियो वेल्स

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत वेल्सले अमेरिकासँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा वेल्सले अमेरिकासँग १-१ गोलको बराबरी खेलेको हो ।

१-० गोलले पछि परेको अवस्थामा खेलको ८२औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै वेल्सलाई हारबाट बचाएका हुन् । यसअघि खेलको ३६औँ मिनेटमा अमेरिकाका लागि टिमोथी वीहले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

यो बराबरीपछि समूह ‘बि’ मा वेल्स र अमेरिकाको १-१ अंक भएको छ र क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समूह ‘बि’मा सोमबार भएको खेलमा ईङल्याण्डले इरानलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *