मोरङमा सर्वदलीय बैठक बस्दै

विराटनगर । मोरङका तीन निर्वाचन क्षेत्रको मतगणनाका लागि बिहान सर्वदलीय बैठक बस्दै छ । अहिले सर्वदलीय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।

क्षेत्र नं. ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माविमा हुँदैछ । क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को भगवती मावि, बेलबारीमा मतगणनाको तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी दिए ।

आइतबार भएको निर्वाचनमा मोरङमा ६६ दशमलव २२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *