घरेलु टोली कतारमाथि इक्वेडरको ऐतिहासिक जित
२०७९ मंसिर ४ गते

AL KHOR, QATAR - NOVEMBER 20: Enner Valencia (C) of Ecuador celebrates after scoring their team's second goal during the FIFA World Cup Qatar 2022 Group A match between Qatar and Ecuador at Al Bayt Stadium on November 20, 2022 in Al Khor, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)
आयोजक कतारलाई पराजित गर्दै विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ।
घरेलु टोली कतारलाई २–० ले पराजित गर्दै इक्वेडरले विश्वकपको उद्घाटनमा पहिलो पटक पराजित गरेको कीर्तिमान दर्ता गरेको हो।
यसअघिका सबै विश्वकपका उद्घाटन खेलमा आयोजक विजयी भएका थिए। आइतबार राति अल बेत रङ्गशालामा इक्वेडरले खेलको १६ औँ मिनेटमा अग्रता लिएको थियो। इक्वेडरको जितमा दुवै गोल इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गरे।
पेनाल्टीमार्फत पहिलो गोल खेलको १६ औँ मिनेटमा गरेका उनले ३१ औँ मिनेटमा दोस्रो गोल थपे। भ्यालेन्सियाले विश्वकपमा ५ गोल गर्दै देशका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएका छन्।
समूह ए मा रहेको कतारले दोस्रो खेलमा शुक्रवार सेनेगलसँग र अन्तिम खेलमा नेदरल्याण्डसँग मङ्सिर १३ गते खेल्नेछ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








