प्रदेश १ : कुन जिल्लामा कति खस्यो मत ?

ताप्लेजुङमा १० प्रतिशत, सबैभन्दा धेरै झापामा ३० प्रतिशत मत खस्यो

विराटनगर । झापा, मोरङ र सुनसरीमा करिब २५ प्रतिशतको हाराहारीमा मत खसेको छ । बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको हाराहारीमा मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङ जिल्लामा २२ प्रतिशत मत खसेकोको प्रारम्भिक रिपोर्ट प्राप्त भएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले जानकारी दिए । त्यस्तै सुनसरीमा करिब २२ प्रतिशत मत खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार सुनसरीमा २२ प्रतिशत मत खसेको छ। अहिलेसम्म सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको छ। यादवका अनुसार बर्जुमा विस्फोट भएपछि केहीबेर समस्या भएपनि अहिले निर्वाचन भईरहेको छ ।

झापामा पनि मतदान उत्साहपूर्ण रूपमा भईरहेको छ। झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले करिब ३० प्रतिशत मत खसिसकेको जानकारी दिए । रिजालका अनुसार केही ठाउँमा साना समस्याहरू देखिएपनि समस्या हल हुँदै मतदान शान्तिपूर्ण रूपमा भईरहेको उनले जानकारी दिए । धनकुटामा पनि करिब ३० प्रतिशत मतदान भइसकेको सुरक्षा निकायले जनाएको छ ।

ताप्लेजुङमा १० प्रतिशत मत खसेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका करिब १० प्रतिशत मत खसेको छ । जिल्लामा कुनै समस्या नभएको उनले जानकारी दिए । सोलुखुम्बुमा कति मत खस्यो भनेर प्रारम्भिक रिपोर्ट अझै नआएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खड्काले बताए । खोटाङमा १६ प्रतिशत मत खसेको छ। २३ हजार ४५८ मत खसेकोमा ९ हजार ८९७ महिला र १३ हजार ५६१ पुरुषले बिहान ११ः ४० बजेसम्म मतदान गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए ।

त्यस्तै सङ्खुवासभामा करिब १७ प्रतिशत मत खसेको छ। चैनपुरको सरस्वती माविमा विवाद भएपछि मतदान स्थगित भएको सङ्खुवासभामा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रप्रसाद यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *