लुम्फाबुङमा छैन चुनावी उत्साह (तस्बिरहरू)

काठमाडौँ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान जारी छ । बिहान ७ बजेबाट प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान शुरु भएको हो ।

मुलुकका ७७ वटै जिल्लामा अपराह्न ५ बजेसम्म एक चरणमा मतदान जारी रहनेछ । निर्वाचन आयोगकाअनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

तर पाँचथरको फिदिम नगरपालिका ९ को लुम्फाबुङ मतदान केन्द्रमा भने खास्सै उत्साह छैन । यहाँ मतदान जारी रहेपनि स्थानीय तहको जति यो मतदान केन्द्रमा जनताको उत्साह नदेखिएको हो ।

स्थानीय तहमा ११४५ ले मतदान गरेको यो क्षेत्रमा ९ सयले मात्र मतदान गर्ने आकलन गरेको वडाध्यक्ष गङ्गा राईले बताए । राईका अनुसार यस पटकको निर्वाचनमा स्थानीय र २०७४ सालको जस्तो उत्साह छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *