स्याङजामा चितुवाले आक्रमण गरेर ३ जना घाइते, चितुवा मृत फेला

पोखरा । स्याङजामा मान्छेलाई आक्रमण गरेपछि चितुवा मृत भेटिएको छ । वालिङ नगरपालिका १४ काफ्लेटी स्थित चण्डीप्रसाद पराजुलीको घरमा पसेको चितुवा मृत भेटिएको हो । उक्त चितुवाले ३ जनालाई आक्रमण गरेको थियो ।

विहान खेतमा काम गरिरहेका पुरुषलाई आक्रमण गरेपछि उक्त चितुवा पराजुलीको घरमा पसकेको हो । घरभित्रै पुनः २ जनालाई आक्रमण गरेर घाइते बनाएको थियो ।

चितुवाको मृत्युको कारण खुलेको छैन । उनीहरु तीनै जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *