जर्मनीको विश्वकपले टोलीमा को-को समेटिए ?

काठमाडौँ । सन् २०१४ को ब्राजिल विश्वकपमा च्याम्पियन बनाउन निर्णायक गोल गरेका मारियो गोट्जेलाई समेट्दै जर्मनीले २६ सदस्यीय टोली घोषणा गरेको छ । चार पटक च्याम्पियन जर्मनीले पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित हान्सी प्रशिक्षणमा दोहा पुग्दैछ ।

सन् २०१७ मा राष्ट्रिय टोलीबाट खेलेपछि गोट्जे टोली बाहिर छन् । फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध गोल गरेका मिडफिल्डर मारिओ गोट्जेसँगै अनुभवी गोलरक्षक म्यानुअल नेउर र थोमस मुलर जर्मनी टोलीमा समावेश छन् ।

यसैगरी युवा स्ट्राइकर युसुफा मौकोकोले टोलीमा स्थान बनाएका छन् । चोटका कारण टिमो वेर्नर र मार्काे रेउस भने टोलीमा समावेश छैनन् । समूह इ मा रहेका जमर्नीले २३ नोभम्बरमा जापानसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । समूहमा कोस्टारिका र स्पेन पनि छन् ।

जर्मनी टोलीः
गोलरक्षकः म्यानुयल नेउर, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप ।

डिफेन्डर: आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडिगर, निको स्लोटरबेक, निकलस सुल ।

मिडफिल्डरः जुलियान ब्रान्ट, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगान, जोशुवा किम्मिच, जोनास हफम्यान ।

फरवार्ड: थोमस मुलर, करीम एडेयेमी, काइ हाभट्र्ज, जमाल मुसियाला, सर्ज जिनाब्री, युसुफा मौकोको, लेरोय साने, निकलास फुलक्रुग ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *