इंग्ल्यान्डको अन्तिम टोली घोषणा, को-को छन् टिममा ?

काठमाडौँ । इंग्ल्यान्डले विश्वकपमा खेल्ने टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

इंग्ल्यान्डको टिममा रीच जेम्स र बेन चिलवेलले इन्जुरीका कारण टिममा स्थान बनाउन सकेनन् भने जाडोन सान्चो, टामी इब्राहिम, फिकायो टोमोरी, डीन हेण्डरसन, जेम्स वार्ड प्रोज जस्ता खेलाडीले विश्वकपको टिममा स्थान बनाउन सकेनन् ।

इंग्ल्यान्डको टिम

गोलकिपर:
निक पोप (न्यूक्यासल युनाइटेड)
आरोन रामसडेल (आर्सनल)
जोर्डन पिकफोर्ड (एभर्टन)

डिफेन्डर
ह्यारी माग्युरे (म्यानचेस्टर युनाइटेड)
किल वाल्कर (म्यानचेस्टर सिटी)
जोन स्टोन्स (म्यानचेस्टर सिटी)
एरिक डिएर (टोटनह्याम)
कीएरन ट्रीपर (न्यूक्यासल युनाइटेड)
लुक शा (म्यानचेस्टर युनाइटेड)
ट्रेन्ट अलेजेन्डर आर्नोल्ड (लिभरपुल)
कोनोर कोडी (एभर्टन)
बेन्जामिन ह्वाइट (आर्सनल)

मिडफिल्डर
जोर्डन हेण्डरसन (लिभरपुल)
डेक्लान राइस (वेस्टह्याम)
मासन माउन्ट (चेल्सी)
जुड बेल्लिघम (बोरुसिया डोर्टमण्ड)
काल्भिन फिलिप (म्यानचेस्टर सिटी)
कोनोर गाल्लाघेर (चेल्सी)
जेम्स माडिसन (लेस्टर सिटी)

फरवार्ड
रहिम स्टरलिङ (चेल्सी)
ह्यारी केन (टोटनह्याम)
ज्याक ग्रीलिश (म्यानचेस्टर सिटी)
बुकायो साका (आर्सनल)
कलुम विल्सन (न्यूक्यासल युनाइटेड)
मार्कस राशफोर्ड (म्यानचेस्टर युनाइटेड )

समूह ‘बि’मा रहेको इंग्ल्यान्डले पहिलो खेल नोभेम्बर २१ मा खेल्दै छ भने दोस्रो खेल २५ नोभेम्बरमा अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल २९ नोभेम्बरमा वेल्सविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *