आहा रारा गोल्डकप पुस १२ देखि, पुरस्कार राशि बढ्ने

पोखरा । मोफसलको प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्ड कप पुस १२ गतेदेखि हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्ने उक्त प्रतियोगिता यो वर्ष पुस दोस्रो सातादेखि गर्नका लागि एन्फाले तालिका दिएको छ ।

२२ औँ संस्करणको प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका क्लबहरू सहभागी हुने छन् । प्रतियोगितामा यो वर्ष १२ टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

विगतमा झैँ सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाएका थिए । यो वर्ष अझै पुरस्कार राशि थप हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *