प्रहरी प्रशासनले प्रचार प्रसार गर्न दिएन : सरोज नेपाल (भिडिओ)
२०७९ कार्तिक २४ गते

विराटनगर । मोरङ क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र तर्फका उम्मेदवार सरोज नेपालले प्रचार प्रसारमा रोक लगाइएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार घर दैलो अभियानका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले विरोध जनाएका हुन्।
उनी भन्छन्, आज विराटनगर म.न.पा मा हाम्रो प्रचार प्रसारलाई प्रहरीले रोक्ने प्रयास गरेको छ। हामी एउटा अटोमा जिइगल बजाउँदै आफ्नो एजेन्डा सुनाउँदै, ठाउँ ठाउँमा घरदैलो गर्दै थियौँ तर प्रहरीले आचार संहिताको गलत व्याख्या गर्दै लगभग १ घण्टा हामीलाई दमन गर्यो। यो सिन्डिकेट तोड्न हामीलाई तपाईँहरूको साथ र सहयोगको आवश्यकता छ। हामी लड्न छाड्दैनौँ।
उक्त क्षेत्रमा यस पटक काँग्रेस नेता डा.शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित बिच पुनः चुनावी मैदानमा छन् भने स्वतन्त्र तर्फ सरोज नेपालको उम्मेदवारी रहेको छ।
२०७९ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित









