नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक ३० गते नेपाल र पाकिस्तान बीच मैत्रीपूर्ण फुटबल हुँदैछ। एन्फाले आयोजना गर्न लागेको यस मैत्रीपूर्ण खेलमा करिब ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको  छ ।

एन्फाले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । जसअनुसार सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको छ । फिफा डेअन्तर्गत हुने मैत्रीपूर्ण खेल दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम भने आइतबार नेपाल आईपुग्ने छ । नेपालले मुख्य प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *