क्रोएसियाको विश्वकप टोली घोषणा, को-को परे ?

काठमाडौँ । क्रोएसियाले कतार विश्वकप फुटबलका लागि टिम छनौट गरेको छ । मुख्य प्रशिक्षक जलाटीको डालिकले विश्वकप फुटबल खेल्ने २६ सदस्यीय टिमको बुधबार घोषणा गरेका हुन् ।

क्रोएसियाको विश्वकप खेल्ने टिमको कप्तान रियल म्याड्रिडबाट खेल्ने लुका मोड्रीच रहेका छन् ।

क्रोसियाको टिम

गोलकिपर
डोमिनिक लिभाकोभिक
इभिका इभुसिक
इभो गार्बिक

डिफेन्डर
डोमागोज भीडा
डेजान लोभरेन
बोर्ना बारिसिक
जोसिप जुरानोभिक
जोसको गभारडिओल
बोर्ना सोसा
जोसिप स्टानिसिक
मार्टिन एर्लिक
जोसिप सुटालो

मिडफिल्डर
लुका मोड्रीच (कप्तान)
माटेओ कोभाकिक
मार्सेलो ब्रोजोभिक
मारिओ पासालिक
निकोला भ्लासिक
लभरो माजेर
क्रिस्टीजान जाकिभ
लुका सुकिक

फरवार्ड
इभान पेरिसिक
आन्द्रेज क्रामरिक
ब्रुनो पेटकोभिक
मिस्लाभ ओर्सिक
आन्टे बुडिमिर
मार्को लिभाजा

विश्वकपमा समुह एफमा रहेको क्रोएसियाले आफ्नो पहिलो खेल नोभेम्बर २३ मा मोरक्कोविरुद्ध खेल्दै छ । त्यस्तै दोस्रो खेल नोभेम्बर २७ मा क्यानाडाविरुद्ध खेल्ने छ भने तेस्रो खेल डिसेम्बर १ मा बेल्जियमविरुद्ध खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *