समाचकेवा उत्सवमा लालबाबुकै अगाडि पर्शुरामकाे प्रशंसा  

विराटनगर । सामाजिक क्षेत्रमा कहलिएका नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेतको सबैतिर चर्चा देखिन्छ । त्यस्तै देखियो समाचकेवा पर्वको अवसरमा आयोजित कार्यक्रममा । हलभरी खचाखच भरिएका विराटनगर १२ का स्थानीयले पर्शुरामको राम्रै गुणगान गाए ।

जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न बस्नेतले मतदातालाई सुझाए । समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुखदुस्खमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । देशको विकासमा स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।

उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै महिलाको हक अधिकार एमालेलेमात्र स्थापित गराउने बताए । समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरू पूरा गर्ने र नयाँ परियोजनाहरू कार्यान्वयन गर्न सजिलो हुन्छ ।

सोही क्षेत्रका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार लालबाबु पण्डितले जनताको भावना अनुसारका कामहरू गरेकोले आफू अहिले चुनावी मैदानमा उत्रिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *