जहाज उडाउँदै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक (भिडिओ)

काठमाडौँ । जहाज उडाइरहेकाे बेलामा अनधिकृत व्यक्तिलाई ककपिटभित्र प्रवेश गराएर भिडिओ अन्तर्वार्ता दिएका पाइलट विजय लामा कारवाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेल लामामाथि प्रतिबन्ध लगाएकाे हाे ।

प्राधिकरणकाे अनुमतिमा मात्रै फाेटाे वा भिडियाे लिन पाउने व्यवस्था भए पनि उनले अनुमति नलिइ अन्तर्वार्ता दिएका थिए ।

एभिएसन भ्लगर साम चुईले दुबई–काठमाडौं रुटको फ्लाइटमा ककपिटबाटै पाइलट लामासँग अन्तर्वार्ता लिएको थिए । लामामाथि अनुसन्धान सुरू गरिएकाे प्राधिकरणले जनाएकाे छ ।

यस्ताे छ भिडओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *