यो पालीको विश्वकप अर्जेन्टिनाले जित्छ !

काठमाडाैँ । आगामी मंसिर ४ गतेदेखि कतारमा विश्वकप फुटबल सुरु हुँदै छ । यस्तो अवस्थामा विभिन्न मुलुकले विश्वकपका लागि आफ्नो टोलीको घोषणा गर्न थालिसकेका छन् ।

यसैबीच पछिल्लो चीन संस्करणको विश्वकपको अनुमान मिलाएको ईए स्पोर्ट्सले यसपटकको विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान गरेको छ । ईए स्पोर्टस्‌ले कतार विश्वकपका सबै खेलको अनुमान गरेको छ । उसले यस वर्षको विश्वकप अर्जेन्टिनाले जित्ने निष्कर्ष निकालेको छ ।

उसले यो विश्वकपमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीले गोल्डेन बुट र गोल्डेन बल जित्ने अनुमान पनि गरेको छ । ईए स्पोर्टस्को अनुमानअनुसार समूह सीमा रहेको अर्जेन्टिनाले अन्तिम १६ को खेलमा डेनमार्कको सामना गर्नेछ ।

त्यस्तै क्वार्टरफाइनलमा उसले नेदरल्याण्ड्सलाई हराउँदै सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गर्नेछ भने सेमिफाइनलमा फ्रान्सलाई हराउँदै उसले फाइनलमा ब्राजिललाई पनि १–० गोल अन्तरले पराजित गर्ने ईए स्पोर्ट्सको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *