डेनमार्कको विश्वकप फुटबल खेल्ने टोली घोषणा, को-को परे ?

काठमाडौं । म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् ।  इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् ।

त मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले  नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन् । डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन् ।

डेनमार्कको विश्वकप खेल्ने टिम

गोलकिपर: कास्पर स्माइकल, ओलिभर क्रिस्टेनसेन ।

डिफेन्डर: सिमोन केजाएर, जोआचिम एण्डरसन, जोआकिम माएहले, आन्द्रेज क्रिस्टियन, रासमुस क्रिस्टियन, जेन्स स्ट्रीगर लार्सेन, भिक्टर नेल्सन र डानियल वास ।

मिडफिल्डर: थोमस डेलानी, माथिअस जेनसन, क्रिस्टियन इरिक्सन, पिएरे एमिले होजजेर्ग ।

फरवार्ड: आन्द्रेस स्कोभ ओल्सेन, जेस्पर लिंडस्ट्रोम, आन्द्रेज कोर्नेलीअस, मार्टिन ब्रेथवेट, कास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड र जोनस विन्ड ।

समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ । यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *