युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

काठमाडौं । यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ‘ड्र’ अनुसार बार्सिलोनाले म्यानचेस्टर युनाईटेडसँग खेल्ने भएको छ । यस्तै युभेन्ट्सले नान्टेससँग खेल्दा सेभियाले पीएसभीसँग खेल्नेछ ।

रोमाले साल्जवर्गसँग प्रतिस्पर्धा गर्दा लिभरकुसेनले मोनाकोसँग खेल्नेछ । आयाक्सले युनियन बर्लीनसँग खेल्दा रेनसले शाख्तरसँग तथा स्पोर्टिङले मिड्जीलान्डसँग खेल्नेछ । दुई लेगमा हुने नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *