विश्वकपका लागि ब्राजिलको टोली घोषणा, को-को परे ?

काठमाडौँ । ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय खेलाडी छनौट गरेको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले सोमबार विश्वकप खेल्ने खेलाडी छनौट गरेका हुन् ।

ब्राजिलको टिममा फिलिप कोटीन्हो र रोबेर्ट फिर्मिनो परेका छैनन् । कोटीन्हो केहि समयअघि घाइते रहेका थिए भने यस सिजनमा उनको प्रदर्शन अनि सन्तोषजनक थिएन । त्यस्तै फिर्मिनोले भने यस बर्ष लिभरपुलमा औसत प्रर्दशन गरेका थिए । प्रशिक्षक टिटेले उनलाई भन्दा आर्सनलमा उत्कृष्ट प्रदर्शन गरिरहेका गाब्रियल मार्टिनेल्लीलाई विश्वकप टिममा राखेका छन् ।

विश्वकपमा परेका ब्राजिलका २६ खेलाडीहरु:

गोलकिपर

एलिसन
एडरसन
वेभेरटन

डिफेन्डर 

थिआगो  सिल्भा
मार्क्यून्होस
डानिलो
एडर मिलिताओ
एलेक्स टेल्लेस
एलेक्स सान्ड्रो
ब्रेमर
डानी आल्भेज

मिडफिल्डर 

कासेमिरो
लुकास पाक्वेटा
फाबिन्हो
फ्रेड
एभर्टन रिबेइरो
ब्रुनो गुइमाराएस

फरवार्ड 

नेइमार
रिचार्लिसन
भिनिसियस जुनियर
एन्टोनी
राफिन्हा
रोड्रीगो
पेड्रो
गाब्रियल जिसस
गाब्रियल मार्टिनेल्ली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *