चितवनमा दिगो विकासको लक्ष्यबारे अन्तरक्रिया

चितवन । साउथ एसिया पार्टनरसिप नेपाल (साप नेपाल) को आर्थिक सहयोग तथा गैर सरकारी संस्था महासंघ चितवनको आयोजनामा दिगो विकास लक्ष्य स्थानीयकरणमाः प्रगति तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम नारायणगढमा सम्पन्न भयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन गरेको कार्यक्रममा खैरहनीका मेयर शशी खनिया, माडीका मेयर ताराकुमारी काजी महतो, भरतपुर महानगरपालिका वडा अध्यक्षहरू, गैसस महासंगका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सल्लाहकारहरू, पत्रकार महासंगका प्रतिनिधिहरू, विभिन्न नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता गैसस महासंघ चितवनका अध्यक्ष पार्वती घिमिरे दुवाडीले गरेकी थिइन् ।

कार्यक्रममा विषय विज्ञ डा शिवप्रसाद रिजालले दिगो विकासका लक्ष्य, प्रगति र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गैसस महासंग चितवनका कोषाध्यक्ष एवं साप नेपालका प्रतिनिधि जनक कार्कीले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै दिगो विकासका मुख्य तीन पक्षहरू सामाजिक विकास, आर्थिक विकास र वातावरण रहेको र यसलाई पुरा गर्न राज्य, निजी क्षेत्र र नागरिक समाज संस्थाहरूको महत्वपूर्ण भूमिका हुने बताए ।

दिगो विकास लक्ष्य २०३० को कार्यान्वयनको सन्दर्भमा नेपालमा क्रियाशील नागरिक संगठनहरुले नेपाल दिगो विकास मञ्चको स्थापना गरेको हो । मञ्चले सरकारी र निजी क्षेत्रसँग समन्वय गर्दै दिगो विकास प्रक्रिया नागरिक संघ संस्थाहरूलाई प्रभावकारिता जबाफदेहिता र व्यवस्थित रूपमा संलग्न गराउँदै आएको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =