धनुषामा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

काठमााडौँ । धनुषामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने ६ जना गम्भीर घाइते भएका छन् । बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा परि मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डीएसपी क्षेत्रीले बताए।

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डीएसपी क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =