हालाण्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको निर्णायक गोलमा २-१ को जित हासिल गरेको हो ।

हालाण्डले खेलको ९५औं मिनेटमा म्यानचेस्टर सिटीले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जित दिलाएका थिए । त्यसअघि सिटीका लागि खेलको १६औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेका थिए भने खेलको २८औं मिनेटमा आन्द्रेज पेरेइराले पेनाल्टीबाट गोल गर्दै फुलह्यामका लागि बराबरी गोल गरेका थिए ।

यस खेलमा जोआओ कान्सेलोले खेलको २६औं मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको १३ खेलमा ३२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनलको १२ खेलमा ३१ अंक रहेको छ । त्यसैगरी फुलह्यामको १४ खेलमा १९ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *