कति छ आज सुनको मूल्य ?

काठमकाडौँ । यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।

तिहारअघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो । जुन, ९०० रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्ममा ९३ हजार १०० रूपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम छ ।

तिहारअघि सोमबारसम्म किनबेच भएको सुनको कारोबार आइतबार खुल्दा तोलामा १ हजार रूपैयाँले घटेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो । जुन, बिहीबार र शुक्रबार घट्दै तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । गत तिहारअघिको अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा १० रूपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *