बुढानीलकण्ठस्थित एक कुखुरा फार्ममा आगलागी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–४ कार्की टोलमा रहेको एक कुखुरा फार्ममा आगलागी भएको छ । तरकारी खेतीसँगै रहेको स्थानीय मनोज थापाको कुखुरा फार्ममा आगो लागेको हो । आगलागी भएको जानकारी पाउनासाथ बुढानीलकण्ठ नगरपालिकाको वारुणयन्त्र, नगरप्रहरी, स्थानीयसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । फार्ममा कुकुरा नभए पनि कुखुरालाई दाना पानी खुवाने भाडाहरु जलेर नष्ट भएका छन् । आगलागीबाट फार्म आंशिक रुपमा नष्ट भएको छ । उपमेयर लामाका अनुसार आगलागीबाट भएकाे क्षतिको विवरण नगरपालिकाको प्राविधिक टिमले स्थलगत जाँच गरेपछि थाहा हुने बताइन् । फार्मको जस्तामा हालिएको छ्वालीबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तस्बिर सौजन्य:- महेश श्रेष्ठ

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =