पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने

काठमाडौँ । पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा सोझै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नपाउने भएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।

अब पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *