सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गरे ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो । बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।

पीडित पक्षका कानुन व्यवसायीले बलात्कार भएको दाबी गरेका छन् । सन्दीपका कानुन व्यवसायीले भने बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन् । यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो ।

सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण पेश गरेको छ । सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाईसराइको प्रमाण पत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेश गरेको छ । जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *