दैलेखमा सिभिल प्रहरी हुँ भन्दै पैसा असुल गर्ने एक जना पक्राउ
२०७९ कार्तिक १६ गते

दैलेख । सिभिल प्रहरी हुँ भन्दै पैसा असूल गर्ने र बोलेरो जिप चालकहरूलाई गाली र हैरानी दिने एक जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको नारायण नगरपालिका वडा नम्बर ६ बस्ने २४ बर्षीया अनुपम आचार्य रहेको प्रहरीले जनाएको छ ।
नारायण नगरपालिका ३ खुर्सानीबारीमा बोलेरो चालहरुबाट पैसा असुल्दै र गाली हैरानी गरेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिई गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनले चालकहरु माथी अभद्र व्यवहार गरि हैरानी दिएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
२०७९ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








