करेन्ट लागेर एक जनाको मृत्यु
२०७९ कार्तिक १६ गते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–६ का ३० वर्षीय राम मण्डल रहेका छन् ।
मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतकाे हाइटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मण्डलको विराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
२०७९ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित









