कार्तिक १६ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. कार्तिक १६, २०७९ । ई.सं. २ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । बुधबार कार्तिक शुक्लपक्ष । तिथि- नवमी, २२:५४ बजे उप्रान्त दशमी । नक्षत्र- धनिष्ठा, २८:११ बजे उप्रान्त शतभिषा । योग- गण्ड, १३:४९ बजे उप्रान्त वृद्धि । करण- वालव १२:०० बजेदेखि कौलव, २२:५४ बजे उप्रान्त वणिज । चन्द्रराशि मकर । आनन्दादि योग मित्र । दिनमान २७।३४ । सूर्योदय ६:१६ । सूर्यास्त १७:१७ । ध.पञ्चक प्रा. १६:५५, कुष्माण्ड नवमी, सत्ययुगादि,(सक्वचंगुवनेगु), हेटौंडा कुष्माण्ड सरोवरमेला ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =