उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ (तस्बिरहरू)

काठमाडौँ । व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका छन् ।

छठको मूल विधि कार्तिक शुक्ल चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरी समापन गर्ने धार्मिक परम्परा छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौँसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो साँझ अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले रातभर जागाराम बसी आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । काठमाडौँको गुह्येश्वरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले छठको पूजाआजा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *