दलहरूको विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक कदम चाल्ने छैनौं : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले घोषणापत्रमै संसद विघटन नगर्ने प्रतिज्ञा गरेको छ । कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधि सभा विघठन नगर्ने प्रतिज्ञा गरेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई मध्येनजर गर्दै जारी गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरू बीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’ सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ ।
आर्थिक कूटनीति मार्फत् वैदेशिक सहायता, लगानी र बजार पहुँच अभिवृद्धि गर्ने नीति लिंदै व्यापारिक ऋणभन्दा सहुलियतपूर्ण ऋण वा अनुदानलाई विशेष प्राथमिकता दिइने भनिएको छ ।
कांग्रेसले चुनाव जितेमा हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने वाध्यकारी कानून जारी गर्ने जनाएको छ ।
नेपाली कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमान्दारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, विधिको शासन र मानव अधिकारको संरक्षण र सम्वर्द्धनका निम्ति कटिबद्ध रहेको संकल्प प्रस्तावमा उल्लेख छ ।
संकल्प प्रस्तावमा भनिएको छ,‘संविधानको मर्म बमोजिम सरकारलाई संसदप्रति जवाफदेही बनाउँदै संसदभित्रबाटै विकल्प भएसम्म दलहरूभित्र हुन सक्ने द्वन्द्व वा संसदमा उत्पन्न हुन सक्ने गतिरोध वा अरु कुनै वहानामा संसद अवरुद्ध हुन नदिइ संसदलाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ।’ कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा सानेपामा एक कार्यक्रमकाबीच संकल्प प्रस्ताव सार्वजनिक गरिएको हो ।
कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने








