फिलिपिन्स बाढी : मृत्तकको संख्या ४२ पुग्यो

काठमाडौं । फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ । भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन् । खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो ।

बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन् । यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *