पोखरामा छठको तयारी पूरा, ४ ठाउँमा विशेष कार्यक्रम हुने

पोखरा । पोखरामा छठ पर्व भव्य रुपमा मनाइने भएको छ । यो वर्ष पोखराका मुख्य ४ ठाउँमा छठ मनाउन लागिएको छ । करिव ५ हजार ब्रतालु छठमा सहभागी हुने पुजा समितिले जनाएको छ । पोखराको नारायणथान, कालिखोला, केदारेश्वर महादेव मन्दिर फेवा किनार र माछापोखरीमा छठको तयारी गरिएको समितिका महासचिव सन्तोष बनियाले जानकारी दिए ।

पोखरामा ३५ बर्षदेखि छठ पर्व मनाउन थालिएको हो । पोखरा आउने पर्यटकका लागि नौलो स्वादका रुपमा छठ मनाउन लागिएको समितिले जनाएको छ । भारतबाट समेत पोखरामा छठ मनाउन आउने बताइएको छ । सूर्य सम्पूर्ण मानव समूदाय, जीव र वनस्पतिका लागि उत्तिकै महत्वपूर्ण भएको भन्दै बानियाँले यो तराईवासीको मात्र पर्व नभएको बताए ।

निराहार बसेका व्रतालुले अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट सोही घाटमा उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिन्छ । ४ ठाउँमा छठ मनाउन विशेष तयारी साथ पोखरीहरु सजाउने काम गरिएको बानियाँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *