जुवा खेलिरहेको अवस्थामा काठमाडौंको एक रिसोर्टबाट १८ जना पक्राउ
२०७९ कार्तिक ११ गते

काठमाडौँ। काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले जुवा खेलेको आरोपमा पक्राउ गरेको छ।
बिहीबार राति ८ बजे काठमाडौँको नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयराज पुरी संचालक रहेको उक्त रिसोर्टमा तास र कौडा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूबाट प्रहरीले नगद ३ लाख ८२ हजार ५९५ रुपैयाँका साथै १५ बुक तास र १६ थान कौडा पनि बरामद गरेको छ।
पक्राउ परेकाहरु माथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए।
२०७९ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित








