गौरीघाटमा छठपूजाको तयारी अन्तिम चरणमा, ५२० घाट तयार हुँदै (तस्बिरहरु)

काठमाडौँ ।  छठ पर्व मनाउनको लागी काठमाडौँको गौरीघाटमा घाट बनाउने काम अन्तिम चरणमा पुगेको छ। छट पूजा व्यवस्थापन समितिका अनुसार गौरीघाट क्षेत्रमा कुल ५२० घाट बन्ने छ। छट पूजाको लागी बर्तालुले प्रति घाटको पन्ध्रसय रुपैयाँ तिर्नुपर्नेछ। घाट बनाउन १७ देखी १८ लाख खर्च हुने समितिको अनुमान छ। समितिका अनुसार घाट बनाउन पशुपती क्षेत्र विकास कोषले समितिलाई तिन लाख रुपैयाँ सहयोग गरेको छ।

समितिका अनुसार घाट निर्माणको काम करिब ९० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ। काठमाडौँमा गौरीघाट लगायत गहना पोखरी, नाग पोखरी, बागमती र बिष्णुमती  नदी किनारामा समेत छठ पर्वको लागी घाट बनाई छठी माताको पूजा गर्न सरसफाइ थालिएको छ।

तस्बिरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *