कार्तिक ११ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. कार्तिक ११, २०७९ । ई.सं. २८ अक्टोबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । शुक्रबार कार्तिक शुक्लपक्ष । तिथि- तृतीया, १२:२८ बजे उप्रान्त चतुर्थी । नक्षत्र- अनुराधा, १३:२७ बजे उप्रान्त ज्येष्ठा । योग- सौभाग्य ७:५४ बजेदेखि शोभन, २९:०८ बजे उप्रान्त सुकर्मा । करण- गर १२:२८ बजेदेखि वणिज, २३:३० बजे उप्रान्त वालव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग राक्षस । दिनमान २७।५३ । सूर्योदय ६:१२ । सूर्यास्त १७:२१ । भ.२३:०३उ. ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा आफन्तको सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *