देउसी भैलोबाट मतदाता रिझाउँदै उम्मेदवार, रीताको घरमा देउसी खेल्न दैनिक सयौँ सहभागी

विराटनगर । उम्मेदवारहरु चाडबाड समेत नभनी मतदातासँग रमाई रहेका छन् । तिहारमा मतदाता भेट्न गाउँघर जाने वातावरण नबनेपनि देउसी भैलोमा रमाउने उम्मेदवारहरु धेरै छन् ।

त्यही मध्ये की एक हुन् मोरङ क्षेत्र नम्बर ६ (१) की उम्मेदवार रीता न्यौपाने । उनी पछिल्लो केही दिनदेखी देउसी भैलो खेल्नेहरुसँग नाच्ने गाउने र रमाउँदै मतदाता सँगै हुीनछन् । विहिबार भाईटीकाको दिन साँझ पशुपति सहकारीबाट गएको देउसीभैलोको टोलीसँग उनी रमाउँदै थिईन् । बुढिगंगा गाउँपालिका वडा नम्बर ३, ४ र ५ का करिब ३ सयको हाराहारीमा गएका देउसी भैलेसँग रमाउँदै उनले आफ्ना भावनात्मक कुरा गरिन् ।

देउसी भैलोले दुःखसुखको कुरा गर्ने र भावनात्मक एकताको काम देउसी भैलोबाट हुने रीता बताउँछिन् । उनको घरमा भएको देउसी भैलोमा सहभागी हुन आएकाहरुले उनको जीतको शुभकामना दिँदा उनी निक्कै उत्साहित भएर लागेको उनका भाई मणी न्यौपाने बताउँछन् ।

युवा संघ नेपाल बुढिगंगा गाउँ कमिटि अध्यक्ष दिनेश कार्कीले युवाहरुको साथ र सहयोग उल्लेख्य रहेको बताए । युवाहरुले बिशेषगरी देउसीभैलालेमा समुह बनाएर रमाईलो गरेको अबस्थामा उम्मेदवारहरुको पनि उस्तै साथ देखिएको छ यो भनेको उम्मेदवारको लागि पनि सकारात्मक कुरा भएको उनले बताए ।

‘समुह, सहकारी, संघ संस्था, बिभिन्न धार्मिक क्षेत्रका ब्यक्ति, आमा समुहहरु अहिले न्यौपानेको जीतको कुरा गर्दै हिड्नु भएको छ, कार्की भन्छन्, यसले रीतालाई मात्र हैन, समग्र एमालेलाई नै उत्साहित बनाएको छ।’ कार्कीका अनुसार अहिले नागरिकमा ज्वाईलाई सम्मान मात्र गर्ने तर रीता न्यौपानेलाई भोट हाल्नु पर्छ भनेर लागेको अध्यक्ष कार्कीको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *