रोल्पामा जिप दुर्घटना तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पामा जिप दुर्घटना भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं ४ सुलिचौर, सेवा केन्द्र नजिकै जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।

रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । गाडीमा कति जान सवार थिए भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

लु १ ज ३२४३ नम्वरको जिप पल्टिदा ९ जना घाइते भएका छन । सुनिलस्मृति गाउँपालिका वडा नं। ३ मिझिङ चालक तथा गाडि धनी जितबहादुर विष्ट सामान्य रहेका छन् । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =