रुपन्देही २ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने
२०७९ कार्तिक ९ गते

काठमाडौँ । रुपन्देही २ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापामगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार विज्ञप्ति जारी गरेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
रुपन्देही–२ मा गठबन्धनका तर्फबाट उमेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी अघिल्लो मंगलबार निर्वाचन आयोगले खारेज गरेपछि थापालार्ई समर्थन गर्ने भएको हो ।
गुरुङ उम्मेदवारी खारेज हुनुको कारण चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले खारेज गरेको मुद्दा हो । गुरुङको उम्मेदवारी खारेज भएपछि उम्मेदवारबिहीन भएको सत्ता गठबन्धनले आज यस्तो निर्णय लिएको हो । यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल उठेका छन् ।

२०७९ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








