नेपाल सम्वत्‌ ११४३ काे स्वागत (तस्बिरहरू)

काठमाडौँ । शुक्रबार आज बाट नेपाल सम्वत् ११४३ शुरू भएको छ । नेपाल सम्वत्, विक्रम सम्वत् ९३७ बाट शुरू भएको मानिन्छ । खासगरी नेवार समुदायले नेपाल सम्वत्‌लाई ‘न्हू दँ या भिन्तुना’ भनेर हर्षोल्लासका साथ मनाउँछन् । उनीहरूले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाल सम्वत्‌लाई बृहत् रूपमा मनाउने गरेका छन् ।

नेपाल सम्वत्‌का प्रणेता शंखधर शाख्वाःलाई मानिन्छ । उनले सबै किसानको ऋण मिनाहा गरिदिएको खुसीयालीमा नेवार समुदायले ‘न्हू दँ या भिन्तुना’ विशेष रूपमा मनाउन थालेका हुन् । नेपाल सम्वत् ११२९ अर्थात् विक्रम सम्वत् २०६५ सालदेखि नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय सम्वत्‌को मान्यता दिएको हो ।

नेपाल सम्बत् देशको मौलिक तथा सांस्कृतिक चिनारी पनि हो । नेपाल सम्बत् र रन्जना लिपीलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा दर्ता गरेर राष्ट्रिय पहिचानको रूपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरेका थिए । अहिले कतिपय पालिकाहरूले रञ्जना लिपीलाई कामकाजको लिपी बनाएका छन् ।

आजकै साँझ नेवार समुदायहरू म्हःपूजा अर्थात् आत्मपूजा गर्दछन् । आत्मासन्तुष्ट भए मात्रै सबै काममा सफलता मिल्ने विश्वासका साथ नेवारी समुदायहरूले साँझमा परिवारका सबै सदस्यहरू एकै स्थानमा भेला भएर आफूले आफैँलाई पूजा गर्ने गर्दछन् । नेवारी भाषामा म्हः को अर्थ शरीर हो ।

गोकर्णेश्वर युवा उपकार क्लबले नेपाल सम्वत्‌को अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमका

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *